सय बेड भएका निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तिमा पनि १ सय शैय्या भएको निजी अस्पताललाई १५ दिनभित्रमा अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको छ।

मन्त्रालयले बिहिबार सूचना जारी गरी कोरोना महामारीमा अत्यावश्यक अक्सिजन आपूर्तिमा असर पर्न नदिन १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निजी अस्पतालहरुलाई निर्देशन दिएको हो। मन्त्रालयको मन्त्रीपरिषद बुधबार भएको निर्णयानुसार निजी अस्पतालले अक्सिजन प्लान्ट जडान गरी मन्त्रालयमा जानकरी गराउनु पर्नेछ।

यसको साथै अक्सिजन आपूर्तिमा भन्सार छुटको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।