कर्णालीका नवनियुक्त तीन मन्त्रीको सपथ किन रोकियो , यस्तो छ भित्रि रहस्य!

सुर्खेत- कर्णालीका नवनियुक्त तीन मन्त्रीको सपथ ग्रहण एक्कासी रोकिएको छ । बुधबार नियुक्त भएका तीन मन्त्रीको सपथ विहिबार (आज) बिहान ११ बजेका लागि तोकेको कर्णाली प्रदेश सरकारले एक्कासी सपथ ग्रहण कार्यक्रम रोकेको हो ।

विहिबार मुख्यमनत्रीको कार्यालयले विन्दमान विष्टलाई आन्तरिक मामिला तथा योजना मन्त्रालय, सीता नेपालीलाई भौतिक विकास मन्त्रालय फुटाएर उर्जा तथा जलश्रोत मन्त्रालय र गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएको थियो ।

आर्थिक ममिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले राजिनामा दिएपछि माओबादी केन्द्रकै ३ सांसदलाई मन्त्रालयको जिम्मेवारी दिइएको हो। नवनियुक्त मन्त्रीहरुको बुधबार नै हुने भनिएको सपथ ग्रहण कार्यक्रम विहिबार बिहानका लागि सारिएको थियो । तर विहिबार पनि सपथ ग्रहण कार्यक्रम हुन सकेको छैन ।

यस्तो छ भित्रि रहस्य !

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गत वैशाख ३ गते विश्वासको मत हासिल गरेयता दोस्रो पटक मन्त्रिपरिषद् हेरफेर गरेका छन् । मन्त्रीपरिषद् पुर्नगठनमा लागेका मुख्यमन्त्री शाहीे एक मन्त्रालय थपेर ८ मन्त्रालय बनाउने तयारीमा छन् । सोही अनुसार सबै मन्त्रालयमा छिट्टै मन्त्री नियुक्र गर्ने उनको तयारी छ ।

बैशाख ३ गते नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको थियो । विश्वासको मत पाएसँगै शाहीले ह्वीप उलंघन गरेर एमालेको कारबाहीमा परेकामध्ये ३ जनालाई मन्त्री समेत बनाइसकेका छन् ।भने विश्वासको मत दिने नेपाली कांस्रेसलाई तत्काललका लागि सामाजिक विकास मन्त्रालयको जिम्मा दिइएको छ ।

कोरोना माहामारीका बेला पनि सामाजिक विकास मन्त्रालय जस्तो जिम्मेवार मन्त्रालय नै मन्त्री विहिन भएपछि मुख्यमन्त्री शाही छिट्टै मन्त्री नियुक्त गरेर कोरोना माहामारी, रोकथाम, नियन्त्रण तथा स्वास्थ्य क्षेत्रका योजना तथा कार्यक्रम धमाधम संचालन गर्ने उद्देश्यमा छन् ।

तर कांग्रेसले कसलाई मन्त्री बनाउने भन्ने अँझै टुंगो लगाउन सकेको छैन । सोही अनुसार शुक्रबारभित्रै कांग्रेसको भागमा परेको सामाजिक विकास मन्त्रीको टुंगो लगाएर एकै साथ सबैको सपथ ग्रहण गराउने तयारी छ ।

 

– नेपाली रैबार ।