काठमाडौं – कोरोनाबाट थप १६८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो तथ्यांक सार्वजनिक गरेको हो ।
योसँगै मृतकको संख्या नेपालमा कोभिड संक्रमण्का कारण मृत्यु हुनेको संख्या ४ हजार २५२ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको छ भने चार हजार ४४४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।