काठमाडौँ – अमेरिकाले आफ्ना नागरिकलाई नेपालको यात्रा नगर्न आग्रह गरेको छ । अमेरिकी दुतावासले ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकहरुलाई नेपाल भ्रमण नगर्न आग्रह गरेको हो ।
अमेरिकाले कोरोना महामारीको अत्याधिक संक्रमणको अवस्थालाई मध्यनजर गर्दै नेपाललाई लेभल फोरको देशको सूचीमा राख्दै ट्राभल एडभाइजरी जारी गरेको हो ।
कोरोना रोकथामको लागि नेपालले सबै अन्तराष्ट्रिय उडान बन्द गरेको अवस्थामा अमेरिकाले नेपाल सरकारसँग आफ्नो नागरिकलाई चाटर्ड गरी लैजाने प्रस्ताव गरेको उल्लेख गरेको छ।
सो प्रस्ताबको स्वीकृतिको लागि प्रतिक्षामा रहेको समेत दुतावसले जनाएको छ।