काठमाडौं – जनस्वास्थ्यविद डा.रविन्द्र पाण्डेले आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था रहेको बताउनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुक मार्फत सन्देश दिनै उहाँले भन्नुभएकाृ छ अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो । सकभर खाद्यान्न दैनिक किन्ने नगरौं ।’
पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित छन् भनेर निस्किनै परे डबल मास्क लगाएर निस्कन आग्रह गर्दै भन्नुहन्छ ६ फिटभन्दा धेरै दुरी कायम गरेर, हात साबुनपानी र स्यानिटाइजरले सफा गरेर सुरक्षित बनौं, भेटघाट बन्द गरौँ ।’
यो ३ हप्ता दुख सह्यौं भने संक्रमणको दर घट्दै जाने पनि उहाँको भनाई छ । ‘रोकथामभन्दा उपचार निकै कठिन र जोखिमपूर्ण छ । उहाँले भन्नुभएको छ