निषेधाज्ञा हुने जिल्लाको संख्या ७२ पुग्यो ,अब ५ जिल्ला मात्रै बाँकि

नेपालका ७७ वटा जिल्ला मध्ये निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ७२ पुगेको छ।
निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ७२ पुगे सगै‍ निषेधाज्ञा जारी हुन बाँकी जिल्लाको संख्या अब पाँच मात्रै रहेको छ।

गएराति १२ बजेदेखि लमजुङमा निषेधाज्ञा लागू भएको छ। आज राति १२ बजेदेखि भोजपुरमा लागू हुने गृहमन्त्रालयले जनाएको छ।

निषेधाज्ञा घोषणा गरिएका ७२ जिल्लामध्ये ६५ जिल्लामा पूर्ण जिल्लाभर र सात जिल्लामा आंशिक मात्रै लागू गरिएको मन्त्रालयले जनाएको छ ।

मनाङ, मुस्ताङ, खोटाङ, रुकुम पुर्व र तेह्रथुम गरी ५ वटा जिल्लामा मात्र निषेधाज्ञा लागु भएको छैन्।