नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार २४ घन्टामा नेपाली सेनाले शव व्यवस्थापन गरेका समेत जोड्दा २२५ जना मृतकको संख्या थपिएको जनाइएको छ । योसमेत गर्दा नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको हो । मन्त्रलायका अनुसार कोरोनाले संसारभर ३३ लाख १७ हजार ८ सय ६६ जनाको मृत्यु भएको छ ।