इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले जित्यो

 

म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा मंगलबार लेस्टर सिटीसँग २–१ ले पराजित भएको छ र यससँगै म्यानचेस्टर सिटीले इंग्लिस घरेलु लिगको माथिल्लो डिभिजन जितेको छ । लेस्टरले म्यानचेस्टरलाई ओल्ड ट्रायफोर्डमा हराएको यो सन् १९९८ यता पहिलो हो ।

यससँगै उसले अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो भएको छ । यो हारपछि लिगमा तीन चरणको खेल बाँकी रहेको बेला म्यानचेस्टर छिमेकी सिटी भन्दा १० अंक ले पछाडि रह्यो । लेस्टरका लागि कागलर सोयन्कुले निर्णायक गोल गरे ।

लुके थोमसले लेस्टरलाई सुरुवाती अग्रता दिलाएयता म्यानचेस्टरका लागि मेसन ग्रिनउडले बराबरी गोल फर्काएका थिए । पछिल्लो चार सिजनमा पेप ग्वार्डिओलाको सिटीले लिग जितेको यो तेस्रो पल्ट हो ।

यो जितपछि लेस्टर ६६ अंकमा तेस्रो स्थानमा रह्यो भने म्यानचेस्टरको ७० अंक छ । मंगलबारकै अर्को खेलमा साउथह्याम्पटनले क्रिस्टल प्यालेसलाई ३–१ ले हरायो र १४औं स्थानमा उक्लिन सफल रह्यो ।