कर्णालीमा ३३४ कोरोना संक्रमित थपिए,मृत्यु हुनेको संख्या १०४ पुग्यो

सुर्खेत – कर्णालीमा मंगलबार ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

४५४ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा ३३४ जना र ५०९ जनाको एन्टीजेन विधिबाट गरिएको परीक्षणमा थप २३१ जनामा संक्रमण पुष्टी भएको हो । योसँगै पछिल्लो २४ घण्टामा ६६० जना आइसोलेसनमा संक्रमित थपिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा नौ जनाको कोरोना संक्रमणबाट मृत्युभएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०४ पुगेको निर्देशनालयको जारी विज्ञप्तीमा उल्लेख छ ।

कर्णालीमा हालसम्म आठ हजार ७११ जनाले कोरोना संक्रमण जित्दा पछिल्लो २४ घण्टामा मात्रै थप २८९ जना डिस्चार्ज भएका छन् । हाल कर्णालीमा सक्रिय संक्रमितको संख्या चार हजार ५०९ पुगेको छ ।