आज थप कोरोनाबाट १३९ जनाको मृत्यु, ९२७१ संक्रमित

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा मुलुकभर ९ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १८ हजार ४११ जनाको परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण देखिएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख नाघेको छ। कुल संख्या ४ लाख ३ हजार ७९४ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ७ जना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ।

मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु भएर पछिल्लो २४ घण्टामा विवरण प्राप्त हुनेको संख्या १३९ रहेको छ। यो हालसम्मकै उच्च संख्या हो।अघिल्लो दिन मृत्यु भएका र मन्त्रालयको तथ्यांकमा नआएकाहरुको संख्या पनि यसमा जोडिएको छ। यो सहित कुल मृतकको संख्या ३ हजार ८५९ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ रहेको छ।

 

nepalbahas

Leave a Reply

Your email address will not be published. Required fields are marked *