४०० थान अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन आज राति विमान बेइजिङ जाँदै

 काठमाडौँ – चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने भएको छ । ४०० थान अक्सिजन सिलिण्डर र २० थान भेन्टिलेटर ल्याउनको लागि नेपाल एयरलाइन्सको वाइड बडी ए–३३० जहाज सोमबार राति चीनको राजधानी बेइजिङ जाने भएको हो।

 

पहिलो चरणका ४ सय खाली अक्सिजनका सिलिन्डर ल्याउने निर्णय भएको छ। सो सामाग्री लिएर विमान मङ्गलबार अपराह्न २ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने निगमले जनाएको छ।