सल्यानमा छाडा पशुचौपायाबाट धानको व्याड बचाउन खेतमै बास

सल्यान – छाडा पशुचौपायले रोप्न तयार भएको धानको व्याड खान थालेपछि सल्यानका किसानहरु खेतमा बास बस्न बाध्य भएका छन् ।

रोप्नका लागि तयार भएको धानको व्याड छाडा पशुचौपायाले खान थालेपछि बनगाड कुपिण्डेका किसानहरु खेतमा बास बस्न बाध्य भएका हुन ।

मानो रोपेर मुरी फलाउने धानको व्याड नै छाडा पुशचौपायाले खान थालेपछि पालो लगाएर बारीमै बास बस्न थालेको बनगाड कुपिण्डे नगरपालिका १ का राजु बुढाले बताए । उनले भने ‘पानी परी राखेकाले खेत चिसो छ तर पनि राती नबसे राति छाडा गाईले खेतमा पसेर व्याड स्वाहा पारी दिन्छन् ।’ वर्षे बाली मात्र नभएर बाह्रै महिना यहाँका किसानले छाडा पशुचौपाय धपाउन चौकीदारी गर्नु पर्ने बाध्यता रहेको उनको भनाई छ ।