सल्यानका पाँच स्थानिय तह कोरोना संक्रमणमण  मुक्त

सल्यान – सल्यानका पाँच स्थानिय तह कोरोना संक्रमण मुक्त भएका छन् । तीन नगरपालिका र सात गाउँपालिका सहित दश स्थानिय तह रहेको सल्यानका सबै स्थानिय तहमा कोरोना संक्रमित भेटिएका थिए । तर अहिले पाँच स्थानिय तहमा भेटिएका सबै कोरोना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

अहिले कोरोना संक्रमण मुक्त हुनेमा बागचौर नगरपालिका, त्रिबेणी गाउपालिका, सिद्धकुमाख गाउपालिका, कपुरकोट गाउपालिका र कालीमाटी गाउपालिका रहेका छन् । जस अन्र्तगत बागचौर नगरपालिकाका ११ जना, त्रिबेणी गाउपालिकाका ८ जना, सिद्ध कुमाख गाउपालिकाका ३ जना, कपुरकोट गाउपालिकाका २ जना र कालीमाटी गाउपालिकाका २ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

कोरोना फोकल प्रसन रिखाराम पुनले हालका लागी यी पाँच स्थानिय तह कोरोना संक्रमण मुक्त भएको बताए । ‘जिल्लामा भेटिएका कोरोना संक्रमित मध्ये पाँच स्थानिय तहका सबै संक्रमित संक्रमण मुक्त भएर घर फर्किएका छन्, बाँकी पाँच स्थानिय तहका १६ जना आइसोलेसनमा रहेका छन्, बाँकी सबै निको भएर घर फर्किसकेका छन्’ उनले भने। यस्तै सल्यान अस्पतालका एक कर्मचारी पनि संक्रमण मुक्त भैसकेका छन् ।

अहिले कुमाख गाउपालिकाका ९ जना, बन्गाड कुपिण्डे नगरपालिकाका ४ जना, शारदा नगरपालिकाका १ जना र छत्रेश्वरी तथा दार्मा गाउपालिकाका १/१ जना आइसोलेसनमा रहेका छन् । हाल सम्म बन्गाड कुपिण्डे नगरपालिकाका १ सय ५५ जना, कुमाख गाउपालिकाका ३० जना, दार्मा गाउपालिकाका १६ जना, शारदा नगरपालिकाका ४ जना र छत्रेश्वरी गाउपालिकाका १ जनामा संक्रमित भेटिएका थिए । जिल्लामा भेटिएका २ सय ३३ कोरोना संक्रमित मध्ये अहिलेसम्म २ सय १७ जना निको भएर घर फर्किएका छन् ।