नयाँदिल्ली-कोरोना भाइरसको दोस्रो लहरसँग जुधिरहेको भारतमा संक्रमतिको आँकडामा अझै कमी आएको छैन । शुक्रबार पछिल्लो २४ घण्टामा भारतमा ४ लाख १४ हजार संक्रमित भेटिएका छन् । जुन अहिलेसम्म एकैदिन नयाँ केस भेटिएको सबैभन्दा बढी हो ।
पछिल्लो २४ घण्टामा ३ हजार ९ सय २० जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २८ हजार संक्रमित संक्रमणमुक्त भएका छन् । एक सातामा तेस्रो पटक भारतमा ४ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका हुन् ।
यसअघि ३० अप्रिलमा ४ लाख २ हजार र ५ मेमा ४ लाख १२ हजार नयाँ संक्रमित थपिएका थिए । अहिले भारतमा ३६ लाख ४४ हजार कोरोना संक्रमितको उपचार भइरहेको छ ।