काठमाडौं- संघीय संसद सचिवालयमा कार्यरत एक जना उपसचिवको कोरोना संक्रमणबाट मृत्यु भएको छ । शुक्रबार कलंकीस्थि शहीद मेमोरियल अस्पतालमा ती ५० वर्षीय उपसचिवको मृत्यु भएको हो ।
तनहुँ घर भएका उनको कोरोना परीक्षणका लागि बुधबार स्वाब संकलन गरिएको थियो । बिहीबार उनको पिसिआर परीक्षणमा कोभिड(१९ पोजेटिभ पुष्टि भएको थियो ।
पारिवारिक स्रोतकाअनुसार उनी मुटु रोगका बिरामी थिए ।