रियाललाई हराउँदै चेल्सी ९ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा

]
काठमाडौं। टिमो वेर्नर र मासन माउन्टले गरेको गोलमा चेल्सीले रियाल मड्रिडलाई २–० तथा समग्रमा ३–१ को नतिजा निकाल्दै च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ। चेल्सीले मड्रिडमा सम्पन्न पहिले लेगमा १–१ को बराबरी खेलेको थियो। चेल्सी २०११/१२ को सिजनपछि पहिलो पटक यस प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो। घरेलु मैदानमा वेर्नरले २८ र माउन्टले ८५औं मिनेटमा गोल गरे।
                                                                                                              dekhapadhi