जुम्ला – यार्सागुम्बा टिप्न गएका जुम्ला गुठीचौर गाउँपालिका–३ का १७ वर्षीय सुमन रावलको मृत्यु भएको छ।
डोल्पाको जगदुल्ला पाटन पुगेका रावलको लेक लागेर मृत्यु भएको डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारि दिनुभयो।
रावलको मङ्गलबार बेलुकी काइगाउँ स्वास्थ्य चौकीमा ल्याएर उपचार गर्दैगर्दा मृत्यु भएको हो ।
त्यस्तै यार्सागुम्बा टिप्न पाटन गएका चार जनालाई शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले पक्राउ गरी हिरासतमा राखेको छ । पक्राउ पर्नेहरु सबै जुम्लाका रहेका छन्।
लुकीछिपी पाटन गइ यार्सागुम्बा टिप्न लागेको खबर पाएपछि निकुञ्जको गस्ती टोली त्रिपुरासुन्दरी नगरपालिकाको भोक्पा र भान्का पाटन पुगेको थियो। भागेर छल नजिक पुगेको अवस्थामा पक्राउ गरिएको निकुञ्जका निमित्त संरक्षण अधिकृत गोपाल खनालले जानकारि दिनुभएको छ ।