रुपन्देहीमा पछिल्लो २४ घण्टामा थप ४ संक्रमितको मृत्यु

बुटवल – पछिल्लो २४ घण्टामा रुपन्देहीमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मंगलबार स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ जनाको मृत्यु भएको हो ।

यस अवधिमा ७ सय ९७ जना संक्रमित थपिएका छन् । हालसम्म रुपन्देहीमा कुल संक्रमितको संख्या १४ हजार ७ सय ७२ पुगेको छ भने २ सय २० जनाको मृत्यु भएको छ । तथ्यांकअनुसार ९ हजार ८ सय ७० जना निको भएर घर फर्किएका छन् भने ४ हजार ६ सय ७६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

 

ratopati