दैनिक उकालो लाग्दै संक्रमित सङ्ख्या

काठमाडौँ –  कोभिड–१९ को संक्रमित हुनेको सङ्ख्यामा दैनिक उकालो लागिरहेको छ । कोभिड–१९ को दोस्रो लहर बढेसँगै वैशाखको शुरु देखि संक्रमित हुनेको सङ्ख्या दैनिक उकालो लागेको हो । प्रत्येक दिन संक्रमित हुनेको सङ्ख्या बढिरहेको छ ।

मंगलवार देशभर सात हजार ६६० मा संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाइएको छ । सोमबार ९वैशाख २० गते० सात हजार ४४८, आइतबार ९वैशाख १९ गते० सात हजार २११, शनिबार ९वैशाख १८ गते० पाँच हजार ७६३ र शुक्रबार ९वैशाख १७ गते० पाँच हजार ७२७ संक्रमित देखिएका थिए ।

मंगलवार १६ हजार १३१ पिसिआरमा सात हजार ५८७ र ५६१ एन्टिजेनमा ७३ मा संक्रमण देखिएको हो । मंगलवार देखिएका संक्रमितसँगै कूल संक्रमित तीन लाख ५१ हजार ५ पुगेको छ । यस्तै मंगलवार एक हजार ७७५ संक्रमितबाट निको भएका छन् । अहिलेसम्म दुई लाख ८७ हजार ७९० निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ८२ प्रतिशत छ ।

५५ को निधन
यस्तै मंगलवार मात्र संक्रमणबाट निधन हुनेको सङ्ख्या ५५ पुगेको छ । निधन हुनको यो सङ्ख्या हालसम्मकै उच्च हो । अहिलेसम्म तीन हजार ४१७ संक्रमणबाट निधन भइसकेका छन् ।

२० जिल्लामा ५०० बढी संक्रमित
यसैगरी ५०० भन्दा बढी संक्रमित हुने जिल्ला २० पुगेका छन् । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, कास्की, दाङ्, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत र कैलाली रहेका छन् ।

आइसियुमा ६१६ र भेन्टिलेटरमा १७९
यस्तै संक्रमितमध्ये ६१६ सघन उपचार कक्ष ९आइसियु० र १७९ भेन्टिलेटरमा उपचार गराइरहेका छन् । आइसियुमा प्रदेश नं १ मा ९३, प्रदेश नं २ मा २४, वाग्मती प्रदेशमा ३२५, गण्डकी प्रदेशमा ४४, लुम्बिनी प्रदेशमा ६९, कर्णाली प्रदेशमा ३२ र सूदुरपश्चिम प्रदेशमा २९ उपचार गराइरहेका छन् ।

भेन्टिलेटरमा प्रदेश नं १ मा १८, प्रदेश नं २ मा दुई, वाग्मती प्रदेशमा १२४, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा १६ , कर्णाली प्रदेशमा सात र सूदुरपश्चिम प्रदेशमा १० उपचार गराइरहेका छन् ।

 

hamrakura