बुटवल शीर्ष स्थानमा उक्लने अवसर

काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग ९एनएसएल० अन्तर्गत आज एक खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ ।

बुटवल र काठमाडौंबीचको खेल साँझ ५स्३० बजे सुरु हुनेछ ।

आज बुटवल दोस्रो जित निकाल्ने योजनासहित मैदान उत्रने छ ।

यस्तै बुटवललाई शीर्ष स्थानमा उक्लने अवसर समेत रहेको छ ।

काठमाडौंलाई पराजित गर्न सकेमा बुटवल शीर्ष स्थानमा उक्लने छ ।

बुटवल ३ खेलमा ५ अंक जोडेको तेस्रो स्थानमा रहेको छ ।

बुटवलले पहिलो खेलमा पोखरालाई हराएको थियो । चितवन र विराटनगरसँग भने बराबरी खेलेको थियो ।

काठमाडौं पनि बुटवललाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।

बुटवललाई हराएको खण्डमा काठमाडौंले शीर्ष दुई भित्र उक्लने छ ।

काठमाडौं ३ खेलमा ४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

पहिलो खेलमा ललितपुरलाई हराएको काठमाडौं दोस्रो खेलमा धनगढीसँग पराजित भएको थियो ।

तेस्रो खेलमा काठमाडौंले पोखरासँग बराबरी खेलेको थियो ।

 

khelpati