पर्सामा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ । वीरगन्जस्थित नेशनल मेडिकल कलेजको कोभिड अस्पतालमा उपचाररत पर्सागढी नगरपालिका वडा नम्बर ९ का ३४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
वैशाख ७ गते कोराना संक्रमण पुष्टि भएपछि उनमा श्वासप्रश्वासको समस्या देखिएपछि शनिबार मात्रै अस्पताल भर्ना गरिएको थियो ।
उनको उपचारको क्रममा सोमबार बेलुका मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत तथा कोरोना फोकल पर्सन विनय श्रीवास्तवले जनाए ।
यता नारायणी अस्पतालमा पीसीआर परीक्षण गराएका १ सय ९२ जनामध्ये १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि अस्पतालले जनाएको छ ।
ती संक्रमित मध्ये पर्साका ८७ जना रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा। सरोजरोशन दासले बताए ।
यस्तै बाराका २४ र रौतहटका ४ जना संक्रमित रहेको उनले बताए ।
ratopati