एक्सन एडको आर्थिक सहयोग तथा नेपाल मुस्लिम समाज विकास चेतना केन्द्र नेपालगंज समन्वयमा राहत बितरण

नेपालगंज- नेपालगंजमा अति बिपिन्न बर्गका बिभिन्न समुदायका ब्यक्तिहरुलाई विहीबार राहत बितरण गरिएको छ ।
एक्सन एडको तथा स्थानिय समाज सेवीहरुको आर्थिक सहयोग रहेको नेपाल मुस्लिम समाज विकास चेतना केन्द्र नेपालगंजको समन्वयमा नेपालगंज उपमहानगरपालिकाका चार वटा बडा तथा जानकी गाँउ पालिकाकोे दुइ वडाका स्थानियहरु गरीब, असहाय,अति बिपन्न तथा सिमान्तकृत समुदायमा कोरोना महामारीबाट जोगाउनका लागि २६२ घर परिवारहरुलाई राहत बितरण गरिएको छ । अहिले बिश्व भरी कोरोना महामारी फैलिएको बेला नेपालमा समेत कोरोना असर परेको छ ।बाँकेमा बिभिन्न संघ संस्था वडाहरुले समेत दैनिक ज्यालादारी मजदुरी गर्दै आएकालाई राहत गर्दे आएको र त्यतिले मात्र न पुग्ने भन्दै राहत बितरण गरिएको नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रका मोहम्मद शेर बागवानले जानकारी दिए ।