बाँकेको डुडुवादेखि नेपालगंजमा सलह किरा प्रबेश

 

बाँके – बाँकेको नेपालगंजदेखि डुडुवा गाउँपालिकामा सलह किराले प्रबेश गरेको छ । भारतको श्रावस्ती जिल्लादेखि नेपाल प्रबेश गरेको नरैनापुर गाउँपालिकाको गंगापुर हुँदै बुधबार डुडुवामा प्रवेश गरेको हो भने विहिबार नेपालगन्ज नगरभित्र प्रबेश गरेको छ । डुडुवा गाउँपालिका वार्ड नं. १ को कुडवा गाउँमा करिब ५ लाख बढी सलह देखिएको स्थानीय कृषकलाई उदृत गर्दै गाउँपालिका कृषि शाखा प्रमुख शुसिल शर्माले बताए। डुडुवामा सलह किरा देखिएपछि किसानहरु चिन्तित बनेका छन । भर्खरै किसानले रोपेको धान तथा अन्य तरकारी बालीमा सलह किराले सखाप बनाउने भन्ने डरले चिन्तित बनेका किसानले त्यसको नियन्त्रणका लागि सम्वन्धित निकायसंग गुहार मागेका छन ।
डुडुवामा सलह किरा देखिएपछि गाउँपालिकाले जिल्लास्थित प्रहरी प्रशासन, कृषि ज्ञान केन्द्र, लगायत निकायमा जानकारी गराइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले बताए। उनले सलह किरा एक्कासी प्रबेश गरेपछि कृषिबालीलाई निकै क्षती पुरयाउने भएकाले किसानहरु आफै सर्तकता अपनाएर जोखिमबाट बच्न आग्रह गरे।
सलह किरा संकलन गर्नेलाई गाउँपालिकाले प्रतिकिलो रु २० मा समेत उपलब्ध गराउने प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले बताए। आज देखिएको सलहलाई किसानहरुले विभिन्न उपाय अपनाएर धपाउनमा जुटेका छन् ।