काठमाडौं- कोभिड- १९ को दोस्रो लहर देशब्यापी बनेसँगै प्रदेशस्तरमा संक्रमण रोकथाम, नियन्त्रण प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सचिव पठाउने तयारी भएको छ। मन्त्रालय स्रोतकाअनुसार त्यसका लागि गृहकार्य समेत अगाडि बढिसकेको छ ।
प्रदेशमा सचिवका बनाएर पठाउन मन्त्रालयले १२ जना स्वास्थ्यका सम्भावित उच्च अधिकारीको नाम सामान्य प्रशासन मन्त्रालय पठाउने तयारी गरेको छ । सामान्यले प्रदेशको स्वास्थ्य सचिवका लागि सिनियर ११ औं तहका १२ जनाको नाम पठाउन भनेको थियो । स्रोतकाअनुसार सामान्यले १२ नाम मागेपनि स्वास्थ्यले त्यो भन्दा बढी नामहरू पठाउने तयारी गरेको छ ।
स्वास्थ्यले डा. भिमसिंह तिंकरी, डा.गुणराज लोहनी, सुनिल शर्मा, डा. कृष्ण पौडेल, डा. विकास देवकोटा, डा. तारा पोखरेल, डा. वासुदेव उपाध्याय, डा. रुणा झा, डा. संगीता मिश्र, डा. श्यामसुन्दर यादव, डा. श्रीकृष्ण श्रेष्ठ, डा. आरपी बिच्छा, डा. सदेश सुवेदी, डा. सुधा देवकोटा, डा. गुणराज अवस्थी, गोमा निरौला र नारायण ढकालका नाममा छलफल चलिरहेको छ ।
‘प्रदेश सचिवका लागि सामान्यमा पठाउने नामहरूमा उहाँहरुको नाममाथि छलफल चलिरहेको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘माथिका सम्भावित नामहरुबाटै प्रदेश सचिव हुनेछन् । तर, छलफल अहिलेसम्म टुंगिसकेको छैन । गृहकार्य भइरहेको छ ।’
बरिष्ठताका आधारमा स्वास्थ्यका ११ औं तहका उच्च अधिकारीमा डा. भिमसिह तिकंरी, डा. गुणराज लोहनी, सुनिल शर्मा, डा. कृष्ण पौडेल, डा. वासुदेव उपाध्याय, डा. संगीता मिश्र, डा. श्यामसुन्दर यादव, डा. श्रीकृष्ण श्रेष्ठ, डा. आरपी बिच्छा, डा.सदेश सुवेदी, गोमा निरौला रहेका छन् । स्वास्थ्य मन्त्रालयले सामान्यलाई नाम पठाएपछि प्रदेशमा स्वास्थ्य सचिव बनाउने थप प्रक्रिया अगाडि बढ्नेछ ।