दाङ- लुम्बिनी प्रदेशमा नेकपा एमालेका तीन जना सांसदले राजीनामा दिएका छन्।
शंकर पोखरेल पुन मुख्यमन्त्री नियुक्त भएपछि उनीहरूले असन्तुष्टि जनाउँदै आज पदबाट राजीनामा दिएका हुन्।
राजीनामा दिनेमा नवलपरासी पश्चिमका अजय शाही ,कपिलवस्तु क्षेत्र नम्बर २ ख बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र कपिलवस्तु क्षेत्र नम्बर १ क बाट निर्वाचित दुगनारायण पाण्डेय ले राजीनामा दिएका हुन्।
मुख्यमन्त्री पोखरेलले भने यसअघि प्रदेश सभामा सदस्य संख्या घटेर ८१ पुगेपछि एमाले एक्लैसँग ४१ सांसद रहेको भन्दै एक दलको बहुमतको सरकार बनाउने भन्दै राजीनामा दिएका थिए।
मुख्यमन्त्रीको राजीनामापछि सांसद विमला वली खत्रीले माओवादी केन्द्र रोजेकी थिइन्। प्रदेश प्रमुख धर्मनाथप्रसाद साहले संविधानको धारा १६८ १ अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका थिए। मुख्यमन्त्री पोखरेलको नयाँ नियुक्ति थप तीन जना सांसदले पदबाट राजीनामा दिएपछि विवादमा परेको छ