सल्यानका सबै बिद्यालयमा पुग्यो पाठ्यपुस्तक

'स्टेशनरीको कारोवार शून्य'

सल्यान –  सल्यानका सबै बिद्यालयमा पाठ्यपुस्तक पुगेको छ । जिल्लामा रहेका पाँच सय बढी बिद्यालयमा नै पाठ्यपुस्तक पुगेको हो । कोरोना भाइरसका कारण लामो समय देखीको लकडाउनले शैक्षिक संस्थाहरु बन्द भएपनि जिल्लाका सबै बिद्यालयले पाठ्पुस्तक खरिद गरेका हुन् । लकडाउनका कारण बिद्यालयहरु बन्द भएपनि पुस्तक खरिद गरेर बिद्यार्थीहरुलाई वितरण गरिएको बिद्यालयहरुले जनाएका छन् ।

महेन्द्र माद्यामिक बिद्यालय छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ पाखापानीका प्रधानाध्यापक रोमहर्ष केसीले बिद्यालयका सम्पूर्ण बिद्यार्थीहरुको हात–हातमा पाठ्यपुस्तक पु¥याएको बताए । ‘लकडाउनका कारण बिद्यालय बन्द छ, तर पनि घरमा नै बसेर पठनपाठनका क्रियाकलापमा सरिक बनाउनले उद्धेश्यले सबै बिद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराएका छौँ’ उनले भने। बिद्यार्थीहरुलाइ पठन कार्यमा सक्रिय बनाउन टोल टोलमा शिक्षक अभियान सञ्चालन गर्ने तयारीमा रहेको उनकाे भनाइ छ ।
शैक्षिक सत्र शुरु भएको झण्डै तीन महिना सम्म बिद्यालय सञ्चालन नभएपनि पुस्तक बिक्रीमा भने कुनै समस्या नभएको नारायणी बुक्स एण्ड स्टेशनरीका सञ्चालक डम्बर केसीले बताए । उनले आफुसँग सम्झौता भएका सबै बिद्यालयहरुमा पाठ्यपुस्तक पुगिसकेको बताए ।

‘सबै सामुदायिक बिद्यालयमा पाठ्यपुस्तक पुगिसकेको छ, तर संस्थागत बिद्यालयमा भने फाटफुट मात्रामा मात्रै पुस्तक बिक्री भैरहेको छ’ उनले भने । उ  पुस्तक बिक्री भएपनि अन्य स्टेशनरी भने बिक्री भएका छैनन्न । ‘सरकारी तथा गैरसरकारी कार्यालयहरुमा केही सामान बिक्री हुन्छ, तर शैक्षिक सत्र शुरु भएको लामो समय हुदाँ पनि कापी, कलम लगाएतका स्टेशनरीका सामान बिक्री भने शून्य भएकाे उनकाे भनाइ छ।

जिल्लामा लकडाउन अगावै एसईई बाहेक सबै कक्षाहरुको परीक्षा सकिएको थियो । जसले गर्दा व्यवसायीहरुले उल्लेखनीय मात्रामा पाठ्यपुस्तक र स्टेशनरी सामान खरीद गरी विक्रीका लागि तयारी अवस्थामा थिए । अहिले स्टेशनरी सामान बाहेक सबै पाठ्यपुस्तक बिक्री भएको नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ, सल्यान शाखाका अध्यक्ष नवराज देबकोटाले जानकारी दिए।

जिल्लाका ५/७ प्रतिशत बिद्यालय बाहेक सबै बिद्यालयमा पुस्तक पुगेको उनकाे भनाई छ । जनक शिक्षा सामाग्री केन्द्र, प्रदेश कार्यालय नेपालगन्जले सल्यानलाई समयमा नै पुस्तक उपलब्ध गराएकाले पनि केही सहज भएको उनले जानकारी दिए। यस बर्ष कक्षा १ देखी १० कक्षा सम्म गरेर करिब पौने तीन करोडको पुस्तक जिल्लामा भित्रिएको छ ।

जिल्लाका दर्जन बढी पुस्तक पसलले पाठ्यपुस्तक बिक्री गर्दै आएका छन् । विद्यालय तथा कलेजलाई चाहिने अन्य स्टेशनरी सामान विक्री नभएका कारण मारमा परेको ब्यबसायीहरुको गुनासो छ ।