२४ घन्टामा ४३८ बालबालिकामा कोरोना संक्रमण

नेपालमा २४ घन्टामा ४ सय भन्दा बढी बालबालिकामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह सार्वजनिक गरेको विवरण अनुसार वितेको २४ घन्टामा ४ सय ३८ बालबालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

त्यसमध्ये १० वर्षभन्दा साना बालिबालिकाको संख्या १०३ छ भने १० देखि १९ वर्ष उमेर समूहका ३३५ जना बालबालिकाहरु कोरोना भाइरसको संक्रमणमा परेका छन् ।

उमेर समूहअनुसार हेर्दा २० देखि २९ वर्षका १ हजार ३४६, ३० देखि ३९ वर्ष उमेर समूहका १ हजार ४४१, ४० देखि ४९ उमेर समूहका १ हजार ८३ र ५० देखि माथिका १ हजार ३३८ र उमेर नखुलेका ६० जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयले आज ५ हजार ७६३ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।