नेपाल इन्जिनियरिङ कलेजमा ४३ बेडको आइसोलेसन सेन्टर

 

भक्तपुरको दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजमा ४३ बेडको आइसोलेसन सेन्टर तयार भएको छ । चाँगुनारायण नगरपालिकाको निर्णयअनुसार बेडहरु तयार पारिएको कलेजका मनोहर खनालले बताए ।

उनकाअनुसार बेडहरु भवन विभागले उपलब्ध गराएको हो भने स्यानिटाइजरलगायत कलेजले उपलब्ध गराउनेछ । कलेजमा १०० बेडको आइसोलेसन सेन्टर बनाउने भनिएको छ । आवश्यकताअनुसार बेड थप गर्दै लगिनेछ ।

                                                                      .onlinekhabar