सुर्खेत – कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । स्थानीय र पश्चिमी वायुका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
पहाडी भू–भागका केहि र तराईका भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद राजु प्रधानाङ्गले जानकारी दिए ।