कोरानालाई मध्ये नजर गर्दै क्यान ले गर्याे क्रिकेटमा यस्तो निर्णय

नेपाल क्रिकेट संघ क्यान ले कोराना भाईरसलाई मध्ये नजर गर्दै सम्पूर्ण क्रिकेट गतिविधि अनिश्चित समयसम्मको लागि स्थगित गरेको छ ।

शुक्रबार एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्म सम्पूर्ण क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको क्यानले जनाएको छ ।
कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिन सुरु भएपछि क्यानले सम्पूर्ण गतिविधि बन्द गरेको हो ।

क्यानले जिल्ला छनोट, प्रादेशिक प्रतियोगिता ,राष्ट्रिय प्रतियोगिता, तथा विभिन्न देशसँग तय भएको सिरिजहरु तत्कालका लागि स्थगित गरेको जनाएको छ ।

#क्यान #कोराना भाईरस#