काठमाडौं – इन्डियन प्रिमियर लिग क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ। नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा राति भएको खेलमा कोलकाताले दिएको १ सय ५५ रनको लक्ष्य दिल्लीले १६ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो।
दिल्लीका पृथ्वी शले ८२ रनको अर्धशतकीय पारी खेले। यस्तै शिखर धवनले ४६, ऋषभ पन्तले १६ रन जोडे। कोलकाताका पाट कुमिन्सले ३ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो। कोलकाताका आन्द्रे रसेलले अविजित ४५ रन बनाए। त्यस्तै सुबमन गिलले ४३ रन जोडे। दिल्लीका अक्षर पटेल र ललित यादवले २(२ विकेट लिए। जितसँगै दिल्ली दोस्रो स्थानमा उक्लिएको छ ।
दिल्लीले ७ खेलमा ५ मा जित निकालेर १० अंक जोडेको छ। पाँचौं स्थानको कोलकाताले ७ खेलमा ५ मा हार ब्यहोरेको छ। कोलकाताको ४ अंक छ।