पूर्वरानी कोमल शाहको अवस्था बिग्रिएको छ।
कोरोना भाइरसको संक्रमण भएर उहाँलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबारदेखि राजधानीको नर्भिक अस्पतालको आइसियूमा भर्ना गरिएको छ।
शाहको उपचारमा संलग्न डाक्टर जेपी जैसवालले भन्नुभएको छ अस्तिसम्म प्रतिमिनेट २-३ लिटर अक्सिजन दिए पनि हुन्थ्यो।
तर उहाँलाई समस्या भएपछि हिजो आइसियूमा राख्यौं। अहिले प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिएका छौ
यस्तै पूर्वराजा ज्ञानेन्द्रको अवस्था भने सामान्य रहेको डाक्टर जैसवालले जानकारी दिनुभयो