कालिकोटका कोरोना संक्रमितको सुर्खेतमा मृत्यु

सुर्खेत । कालिकोटका एक कोरोना संक्रमितको सुर्खेतमा मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत उनको विहिबार बिहान अस्पतालमै मृत्यु भएको हो ।

मृतकको स्थायी ठेगना कालिकोटको नरहरीनाथ गाउँपालिका हो । मृतक ७३ वर्षीय पुरूष हुन् । उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए ।

उनका अनुसार ती पुरूषको बैशाख ११ गते प्रदेश अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो । यो सँगै कर्णालीमा कोरोनाबाट मृत्युहुनेको संख्या ३९ पुगेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।