काठमाडौं – कोरोना संकट न्यूनीकरण गर्न सरकारले निषेधाज्ञा जारी गरेपछि २ दिनमा १ लाखले मानिस काठमाडौंबाट बाहिरिएका छन्।
सरकारले दुई साताको लागि उपत्यकामा निषेधाज्ञा जारी गरेपछि उपत्यकाबाट बाहिरिनेको भिड लागेको हो। उपत्यकाबाट मंगलबार मात्र ५१ हजारले उपत्यका छोडेको महानगरीय ट्राफिक महाशाखाको तथ्यांकमा रहेको छ।
नागढुंगा नाकाबाट मात्र ४५ हजार ७ सय ७५, फर्पिङबाट ४५, भक्तपुर तथा मुड्कुबाट ६ हजार ३ सय ६० जना बाहिरिएका हुन्।
यस्तै, सोमबार ५० हजारले उपत्यका छाडेका थिए। उपत्यकामा कोरोना संक्रमण बढेसँगै १० गतेबाट नै उपत्यका छोड्नेहरू बढेका थिए। १० गते देखि १४ गतेसम्म क्रमश स् ४४ हजार ९ सय ७२, ४३ हजार ९ सय २७, ३९ हजार ४ सय ४५, ५० हजार ४ सय ५६ र ५२ हजार १ सय ९० जना गरि करिब ३ लाख जना बाहिरिएको महाशाखाले जनाएको छ।