सुर्खेतमा कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई सम्मान सहित बिदाई

सुर्खेत – पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण गर्नका लागि खटिएका स्वास्थ्यकर्मीहरुलाई सम्मान सहित बिदाई गरेको छ । सोमबार गाउँपालिकामा प्रदेश अस्पताल सुर्खेतबाट खटिएका डा. लोकराज कँडेल सहित सामाजिक विकास मन्त्रालयबाट आएका २ जना सामुदायिक स्टाफ नर्स र कोपिला भ्याली सुर्खेतबाट आएका एक जना नर्स र अनमीको बिदाई गरेको चौकुने स्वास्थ्य शाखा प्रमुख गगन सिंह पाण्डेले जानकारी दिएका हुन् । चौकुने गाउँपालिकामा हालसम्म कोरोना परिक्षण आरडिटिबाट २ हजार ८३ जना, पिसिआरबाट ३ सय ७६ जनाको परीक्षण गरिएको छ । ती मध्ये २५ जनालाई पिसिआर पोजेटिभ देखिएको थियो । पिसिआर पोजेटिभ देखिएकाहरुलाई १४ दिन सम्म आईसोलेशनमा राखि स्वाव परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको गाउँपालिकाले जानकारी दिएको छ । हाल चौकुनेको क्वारेन्टाइनमा जम्मा ४३ जना रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शाखा अधिकृत डिल्लीराम घिमिरेले बताएका छन्भ एको छ ।