चेन्नई – इन्डियन प्रिमियर लिग ९आइपिएल० अन्तर्गत दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच निर्धारित २० ओभरको खेल बराबरीमा टुंगिएको छ । खेल बराबरी भएसँगै नतिजाका लागि ‘सुपर ओभर’ खेल्नुपर्ने भएको हो ।
आइपिएलको यो सिजनमा पहिलो पटक नतिजाका लागि सुपर ओभरमा जानु परेको हो । पहिला ब्याटिङ गर्दै दिल्ली क्यापिटल्सले चार विकेटको क्षतिमा १५९ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले २० ओभरमा सात विकेट गुमाएर १५९ रन नै बनाएको हो ।
हैदरावादका लागि केन विलियम्सनले सर्वाधिक ६६ रन बनाए । यस्तै जोनी बेरिस्टोले ३८ रन बनाए।