अर्को आदेश नभएसम्म आजबाट सबै परीक्षा स्थगित

सरकारले अर्को आदेश नभएसम्मका लागि सबै परीक्षा स्थगित गरेको छ ।
आइतवार बसेको कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्र अर्थात् सीसीएमसीको बैठकले आज बाट सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो ।
सरकारले अनलाइन माध्यम, अफलाइन माध्यम, रेडियो, टेलिभिजनलगायतका माध्यमबाट विद्यार्थीको सिकाइ निरन्तरता दिनुलाई वैकल्पिक विधिबाट पठनपाठन गराउन आग्रह गरको छ ।

विद्यालयले विद्यार्थी तथा शिक्षकको प्रविधिमा पहुँच र आफ्ना विद्यार्थी सङ्ख्या, लगायतका आधारमा वैकल्पिक विधिको चयन गर्न सक्ने छन् ।

विद्यालयले जुनसुकै माध्यमको प्रयोग गरेर भए पनि वैकल्पिक विधिबाट पठनपाठन गराउनुपर्ने र अनलाइनलाई मात्र वैकल्पिक विधि मान्न नहुने र अन्य विधिबाट पनि पठनपाठन गराउन सकिने मन्त्रालयले जनाएको छ

हिजको सीसीएमसीको निर्णयसँगै आजका परीक्षा पनि स्थगित हुने छन् ।