काठमाडौं उपत्यकामा ९ सहित थप १४४ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं—काठमाडौं उपत्यकामा ९ सहित थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा काठमाडौंका ३ जना, ललितपुरका ५ जना र भक्तपुरका १ जना कोरोना संक्रमण पुष्टि भएको हो । १४४ जना नयाँ कोरोना संक्रमित थपिएसँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ जना पुगेको छ । अहिले नेपालमा सक्रिय केसको संख्या ६ हजार ६ सय १३ जना रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जना कोरोना जितेर घर फर्किएका छन् । अहिलेसम्म १० हजार २ सय ९४ जनाले कोरोना संक्रमण जितेका छन् ।