सुर्खेत – गएराती आएको हावाहुरीका कारण विद्युतको पोलमा क्षती पु¥याउन सुर्खेतसहित चार जिल्लाको विद्युत सेवा अवरुद्ध भएको छ । ३३ केभी प्रशारण लाइनको छिन्चु मदानेचौर–रामघाट खण्डको सल्लाको रुख ढलेर विद्युत लाइनमा क्षती पु¥याएपछि विद्युत सेवा अवरुद्ध भएको हो ।
रुखले तार चुडाएकाले बिहीबार ११ बजेसम्म विद्युत सेवा सुचारु गर्नेगरी काम भइरहेको नेपाल विद्युत प्राधिकरण सुर्खेतका सुपरभाइज विज्रेश रञ्जितले जानकारी दिए । उनकाअनुसार रुख काट्न नमिल्ने र तार जोड्नु पर्नेछ । सुर्खेत, दैलेख, सल्यान र जाजरकोटको विद्युत सेवा अवरुद्ध भएको छ । – नेपाली रैबार