काठमाडौं – इन्टर मिलान इटालियन सिरिए ए फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । सन् २०१० मा पछिल्लोपटक इन्टरले उपाधि जितेको थियो ।
त्यसयता, २०११ मा एसी मिलानले उपाधि जित्यो भने पछिल्लो ९ सिजन लगातार युभेन्टस्ले उपाधिमाथि कब्जा जमाएको थियो । यद्यपी, यसपटक इन्टरले शीर्ष स्थानमा १० अंकको स्पष्ट दूरी बनाइसकेको छ ।
बुधबार स्पेजियासँग १–१ गोलको बराबरी खेल्दै इन्टर उपाधितर्फ अघि बढेको हो । डिएगो फारियासले सुरुवातमै गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए, तर इमान पेरिसिचले इन्टरबाट बराबरी गोल फर्काए ।
इन्टरले यो जित हासिल गर्नुअघि सास्सुलोसँग एसी मिलान २–१ ले पराजित भएको थियो । यी नतिजासँगै अन्तिम ६ खेल बाँकी छँदा घरेलु प्रतिद्वन्द्वी मिलानभन्दा इन्टर १० अंकले अघि बढ्यो । इन्टरले ३२ खेलबाट ७६ र मिलानले ६६ अंक जोडेको छ, समान खेल खेलेको युभेन्टस्को ६५ अंक छ । युभेन्टसले पार्मालाई ३–१ ले हरायो ।
त्यसैगरी ३१ खेल खेलेको एटलान्टा ६४ अंकसहित चौथो स्थानमा छ ।