बजेट ब्रेकडाउन नहुँदा नगरसभा स्थगित

जुम्ला–जुम्लाको चन्दननाथ नगरपालिकाले वडामा विनियोजन गरेको वजेटको ब्रेक डाउन नगरेको भन्दै गाउँसभामा अर्को आवाज उठेपछि नगरसभा स्थगित भएको छ । समयमै वस्तीवटा योजना आउन सकेनन् । बजेट मात्र विनियोजन भयो,चन्दननाथ ९ वडाध्यक्ष मिनबहादुर डाँगीले भने,‘नगरसभामा असन्तुष्टी पेश भएपछि नगरसभा स्थगित हुुन पुग्यो । ’ नगर सभामा वडामा प्रशासनिक खर्च निकै कम पठाएको भन्दै वडाध्यक्षहरुले आक्रोश पोखेका थिए ।
गाँउवस्ती बाट योजना निर्माण नभएरै मनपरी रुपमा बजेट विनियोजन भएकोले गाउँसभा स्थगित गर्नु परेको चन्दननाथ ४ का वडाध्यक्ष जगदिश चौलागाईले जानकारी दिए । उनका अनुसार यही विषयलाई लिएर दुइ दुई पटक नगरसभा स्थगित भइसकेको छ ।
नगरप्रमुख र उप्रमुख कार्यक्रममा विनियोजित रकम घटाउनु पर्ने पनि माग उठेको थियो । आगामी आर्थिक बर्षको लागि नगरप्रमुख र उपप्रमुखले एक एक करोड रुपैयाँ विनियोजन गर्न पाउने गरि बजेट निर्माण भएको छ । अधिकांस सभासदस्यले घटाउनु पर्यो भनेका छन्,‘वडाध्यक्ष डाँगीले भने,’‘त्यो कार्यक्रमको योजना पनि प्रत्येक गाउँवस्तीमा जाने भएकोले केहीले स्वभाविकै ठानेका छन् ।’
उनका अनुसार शनिवार सम्म गाउँवस्तीबाट योजना ल्याएर नगरसभामा पेश गर्ने गरि सभा स्थगित भएकोे छ । नगरप्रमुख र उपप्रमुखले आफ्नो कार्यक्रमबाट सञ्चालन हुने योजनाको ब्रेक डाउन गरिसकेका छन् । त्यो गाउँ सभामा पनि पेश भइसकेकोछ । त्यो एक करोड हुदैन् भने स्थगित गरौँ भनेर नगरप्रमुख र उपप्रमुखले भन्नुभयो, वडाध्यक्ष डाँगीले भने,’‘एक करोड बजेटका योजना पनि वडामै जानेभएपछि समझदारी भइसक्यो । तर केही वडासदस्यहरुले विरोध गरेका छन् । ’
नगरसभामा तलिउम हुुदै सिँजा, दानसाँघु, चेरेचौर लगायतका मुख्य ग्रामिण सडकको बजेट कटौती नगर्न माग गरिएको थियोे । छलफलमा बचेको बजेटबाट समेट्ने गरि सहमति जुटेको थियो ।