अछाम, पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुखले नै जातिय विबेद गरेको समाचार अहिले सामाजिक सन्जाल लगायत बिभिन्न अनलाइनमा निकै भाइरल बनेको छ ।
नगरपालिकाको उच्च अहोदामा रहि नगरप्रमुखको जिम्मेवारी बहन गर्न नसक्ने र नागरिकहरुमै विबेद गर्नु नगर प्रमुखकको गएरजिम्मेवारीपन भएको भन्दै अहिले बिभिन्न ब्याक्तीहरु नगर प्रमुख देबकोटाको आलोचनात्मक टिकाटिप्पणी गर्न थालेका छन ।
नगरप्रमुखले गएरदलितका ब्याक्तीहरुलाई होम क्वारेण्टिन र दलित परिवारका ब्याक्तीहरुलाई नगरपालिकाको क्वारेण्टिनमा बस्न निर्देशन दिएको भन्दै इ सुदुर खबरले खबर प्रकासन गरेको छ ।
यता नगरपालिकाले भने नगरप्रमुख देबकोटा माथी लगाएको सबै आरोप निराधार भएको बताएको छ । सामाजिक सञ्जाल लगायत बिभिन्न अनलाइनमा खबर प्रकासन गरि नगरप्रमुखको चरित्रमाथी धावा बोल्न खोजेकोले नगरपलिकाले आपत्ती जनाएको छ ।
सुनियोजित तरिकाबाट एक तर्फी खबर प्रकासन गरेको प्रती आज नगरपालिकाले प्रेश विज्ञप्ती निकालेको छ । विश्वब्यापी माहामारीको रुप लिइरहेको केभिड १९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागी यस नगरपालिकाबाट भएका काम कार्बाहीलाई लक्षित गरि बिभिन्न अनलाइन प्रोटल तथा सामाजिक सञ्जालमा प्रकासित समाचार प्रती पञ्चदेवल विनायक नगरपालिकाको गम्भिर ध्यानार्कषण भएको छ । नेपाल सरकारको निर्णय अनुसार हाल सिंगो देशनै बन्दाबन्दीको अवस्थामा रहेको बिदितै छ ।
नेपाल सरकारबाट प्राप्त निर्देशन अनुसारनै यो नगरपालिका पनि बन्दाबन्दीको अवस्थामा रहेको र यसलाई दृढताका साथ कार्यन्वयन गरिएको बिज्ञप्तीमा भनिएको छ ।
वितरण गरिएका मास्क राहात सामाग्री तथा क्वारेण्टिनको बिषयमा तथानाम समाचार प्रसारण तथा प्रकासन गरेर यस नगरपालिकालाई बिबादित बनाउन सकिन्छ कि भन्ने अभिष्टले बिभिन्न ब्याक्ती तथा संघसंस्थाहरु लागीपरेकाछन भन्ने कुरा पटकपटक नगरपालिकालाई लक्षित गरेर तथानामका समाचार तथा स्टाटस प्रकासित हुनु तथा प्रकासन भएका समाचारले हालसम्म दाबी पुष्टी गर्न नसक्नुले पुष्टी हुन्छ ।
पछिल्लो समय जनसमाचार नामको अनलाइन प्रोटलमा प्रकासित अछामका नगरप्रमुखले क्वारेण्टिनमा राख्दा पनि जातीय विबेद गरेपछि दलित समुदाय आक्रोसित ,अधिकारकर्मीद्धारा बिरोध शिर्षकमा प्रकासित समाचार यसको श्रृंखला हो । अनुसासन नैतिकता,निस्पक्षता र निस्ठालाई बिर्सेर गरिएको पत्रकारिता कुनै ब्याक्ती र संस्थाप्रती मात्रै लक्षित नभई मानवता बिरोधी हर्कत हुने भएकाले यस्ता झुटा र कपोकल्पित समाचारप्रती मात्रै लक्षित नभई मानवता विरोधी हर्कत हुने भएकाले यस्ता झुटा र कपोकल्पित समाचारप्रति खबरदारी गर्न सम्पुर्ण नगरबासीमा अपिल गर्दछु नगरप्रमुख देबकोटाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ।
नगर प्रमुख देवराज देवकोटाले कसैलाइ पनि जातीय भेदभाव नगरेको कसैलाइ पनि विभेद नगरेको र नगर्ने अन्लाइन मिडियामा प्रकाशित समाचार एकोहोरो बनाइएको नगरपालीकालाई जानकारी नगरी लेखिएको प्रती दुखेसो व्यक्त गर्नु भएको छ । Ramaroshan today bata