अछाम , मंगलसेन नगरपालिका वडानम्वर १ को आगरतोला र दोबाटाखालमा यहि वैशाख ११ गते परेको असिनापानिले गरेको क्षतिको विवरण संकलन गरिएको छ । नगरपालिकाबाट कृषि तथा पशुसेवाका प्राविधिकको स्थलगत सहभागीतामा क्षतिको विवरण संकलन गरिएको हो ।
अबिरल असिनापानिले स्थानीय २ जना किसनाका ६ बाख्रा मरेका थिए भने गहुँबालिमा नोक्सानि भएको थियो । स्थलगत मुचुल्का तयार पार्ने क्रममा २ वटै टोलमा ३७ घरपरिवारको १६९ रोपनिमा लगाईएको गहुँ तथा जौ बालिमा नोक्सानी भएको पाईएको छ ।
असिनापानिले करिब २ लाख ९५ हजार ७५० बराबरको बालि नोक्सान भएको कृषि विकास शाखाका कृषि प्राविधिक तर्क भुलले जानकारी दिनुभयो । यस्तै २ जना किसानका ६ बाख्राको करिब ३६ हजार ७ सय बराबरको क्षति भएको पशुसेवा शाखाका प्रमुख नेत्रबहादुर कठायतले जानकारी दिनुभयो ।
वडानम्वर १ का अध्यक्ष गोपाल थापा र २ का अध्यक्ष मानबहादुर बोगटीको रोहबरमा मुचुल्का तयार पारिएको हो । किसानहरुलाई राहतका लागि आफ्नो तर्फबाट नगरमा पहल गर्ने वडा अध्यक्ष थापाले जानकारि गराउनुभयो ।
यस्तै पशुसेवा शाखा प्रमुख नेत्रबहादुर कठायत र कृषि शाखाका तर्क भुलले किसानलाई कृषि तथा पशुपालन बारे परामर्श समेत दिनुभएको थियो ।
साथै बालि बिमा, पशु बिमा जस्ता कार्यमा समेत अग्रसर हुन आग्रह गर्नुभएको थियो । असिना पिडित किसानहरूलाई राहतका लागि आवश्यक पहल गर्ने नगरप्रमुख पदमबहादुर बोहराले बताउनुभएको छ । नगरले किसानलाई सक्दो राहतको पहल गर्ने र प्रदेश सरकारमा पनि सिफारिस गर्ने बोहराको भनाइ छ । Ramaroshan today bata