पञ्चदेवल ५ लयाँटीका ९६ बिपन्न परिवारलाई राहातका सामाग्री बितरण

अछाम , लयाँटीका करिव ९६ जना विपन्न परिवारलाई राहातका सामाग्री बितरण गरिएको छ । पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ५ लयाँटीका बिपन्न परिवारलाई हिजो र आज सामाजिक दुरी कायम गर्दै पिपलचौतारामा एक कार्यक्रमका बिच राहातका सामाग्री बितरण गरिएको हो ।

नगरपालिकाले राहात बितरण कार्यलाई तिव्रता दिए संगै लयाँटीमा पनि राहातका सामाग्री बितरण गरिएको छ । विश्व कोरोनाको सन्त्रासमा आक्रान्त बनिरेका बेला र देश लक डाउनको अवस्थामा वडा भित्रका श्रमिक बर्ग,अति बिपन्न,असाहाय परिवार एकल महिला,टुहुरा बालबालिकालाई राहत स्वरुप खाद्यान्नका सामाग्री बितरण गरिएको थियो ।

वडा भित्र रहेका बिपन्न परिवारको पहिचान गरि नेपाल सरकारको मापदण्ड र नगर कार्यपालिकाको निर्णय अनुसार वडा कार्यालद्धारा बिपन्न परिवारका ब्याक्तीहरुलाई राहत स्वरुप प्रती ब्याक्ती ३० किलो ग्राम चामल,३ किलो ग्राम दााल,दुई किलो नुन,२ किलो चिनी,४ पोका तेल,३पसि साबुन नगर उपप्रमुख अम्विका चलाउनेले हस्तान्त्रण गर्नु भएको हो ।

वडा भित्र रहेका अति बिपन्न,श्रमिक बर्ग,असाय परिवारका ९६जनालाई दैनिक उपभोज्ञका सामाग्री चामल,दाल,नुन लगायतका सामाग्री बितरण गरिएको वडा अध्यक्ष कुल बहादुर बुढाले बताउनु भएको छ ।

वडामा सर्बदलिय बैठक बसाली सबै राजनितीक दलका पाटी प्रती निधी तथा वडा सदस्यहरुलाई बिपन्न परिवारको बिबरण संकलन गर्न लगाई उक्त तथ्याकं अनुसार बितरण गरिएको उहाँको भनाई छ ।

बास्तबिक बिपन्न परिवारले राहात नपाएको जनगुनासो ब्यापक रुपमा चलिरहदा वडा अध्यक्षकै नेतृत्वमा फेरी अनुगमन गर्ने र छुटेका बिपन्न परिवारलाई अर्को चरणमा वडाले राहात उपलब्ध गराउने वडा अध्यक्ष बुढाले दाबी गनु भएको छ । Ramaroshan today bata