बैतडीमा बढे भाइरल ज्वरो र झाडापखालाका बिरामी


बैतडीमा भाइरल ज्वरो र झाडापखालाका बिरामी बढेका छन्।

जिल्ला अस्पताल तथा अधिकांश स्वास्थ्य संस्थामा भाइरल ज्वरो र पखालाका बिरामीको संख्या बढेको हो।

पछिल्लो मौसम परिवर्तन अनुसार भाइरल ज्वरो र झाडापखालाका बिरामीको संख्या बढेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिनुभयो

त्यस्तै पाटन नगरपालिकाका पनि भाइरल ज्वरोका बिरामीको संख्या बढेको स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिनुभयो।

श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले पनि हाल दैनिक ३० जनासम्म ज्वरो‚ रुघाखोकीका बिरामी स्वास्थ्य संस्थामा आउने गरेका बताउनु भएको छ।
यस्तै‚ केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक १०० को हाराहारीमा ज्वरोका बिरामी आउने गरेका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिनुभयो ।

मौसममा परिवर्तनले भाइरसहरु सक्रिय हुँदा भाइरल ज्वरो फैलिने र यसबाट बच्नका लागि सरसफाई र खानपानमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ।