नेपाल– खनाल पक्षले बोलायो आफू पक्षको भेला

नेपाल–झलनाथ खनालपक्षले आफू पक्षको भेला बोलाएको छ ।

नेता नेपाल र भीम रावललाई प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिने निलम्बनको घोषणा गरेपछि नेपाल–झलनाथ खनालपक्षले आफू पक्षको रणनीति बनाउन भेला बोलाएको हो ।

भेलामा नेपाल–खनाल निकटका स्थायी समिति सदस्यका साथै सांसदहरुको सहभागिता रहने एक नेताले बताएका छन ।
नेपाल–खनाल समूहले भेला बोलाएको स्थान गोप्य राखेको छ ।

प्रधानमन्त्री ओलीले पार्टी विरोधी गतिविधि गरे थप कारबाहीको चेतावनी समेत दिएको सन्दर्भमा नेपाल समूहले भेला बोलाएको हो ।

संस्थापन पक्षको कारबाहीको घोषणालगत्तै नेपाल समूहले कडा आपत्ति जनाएको छ भने ओली समूहले कारबाहीलाई स्वाभाविक रहेको प्रतिक्रिया दिएको छ ।

यद्यपी प्रतिनिधिसभाको सबैभन्दा ठूलो पार्टीभित्र देखिएको विवाद विभाजन उन्मुख भएको पार्टीकै नेता कार्यकर्ताले टिप्पणी गरेका छन् ।