बाँकेका तीन पालिकाका कोरोना संक्रमण मुक्त

बाँके- कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागिरहेका बेला बाँकेका तीन पालिकाका क्वारेन्टिन र आइसोलेसनमा रहेका सबै कोरोना संक्रमित निको भएकाछन् । योसगैं जिल्लाका तीन पालिकामा संक्रमित सबै कोरोना मुक्त हुन।
बाँकेको नरैनापुर गाउँपालिका,नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका कोरोना मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठ बताए ।
श्रेष्ठका अनुसार आज बुधबार बिहानसम्म बाँकेका नरैनापुर गाउँपालिका,नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका कोरोना संक्रमित केस शून्य रहेका छन् । अब जिल्लामा १८ जना मात्र कोरोना संक्रमितले स्वास्थ्य उपचार लिइरहेकाछन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन श्रेष्ठका अनुसार, बुधबार (आज) सम्म कोहलपुर नगरपालिकाकामा १०, खजुरा गाउँपालिकामा ४, राप्तीसोनारीमा २, जानकी र बैजनाथ गाउँपालिकामा १–१ जना संक्रमित उपचारारत रहेका छन् ।
बुधबार बैजनाथको बनकटवा आईशोलेशनबाट– ७ र कोहलपुरको पिपरीबाट– २ जना गरी ९ जना कोरोना संक्रमण मुक्त भएर घरफर्केका छन् ।
श्रेष्ठका अनुसार अनुसार, बाँकेमा कोरोना भाइरस संक्रमित उपचाररत ४ वटा आईशोलेशन मात्र सञ्चालनमा रहेकाछन् । अन्य ८ वटा आईशोलेशन सेन्टर कोरोना संक्रमित नभएसगैं खाली रहेका छन् । बाँकेमा अझै पनि २ सय १५ जना विभिन्न क्वारेन्टिनमा रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको फोकल पर्शन श्रेष्ठले जनाएका छन् ।
बाँकेमा हालसम्म ३ सय ६८ संक्रमित रहेकोमा ३ सय ४८ संक्रमण मुक्त भएर घर फर्केका छन् भने दुईजनाको संक्रमणको कारण मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएकोछ ।