कतार च्यारेटी र इस्लामिक रिलिफको टोलीद्धारा क्वारेन्टाइन अनुगमन

नेपालगन्ज- कतार च्यारेटी नेपाल र इस्लामिक रिलिफ नेपालको एक टोलीले बाँकेको राप्तीसोनारी गाउँपालिकाको क्वारेन्टाइनको अनुगमन गरेकाे छ । यसका साथै नरैनापुर गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
बाँके युनेस्को क्लबको टोलीसंगै बुधवार राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा पुगेको कतार च्यारेटी नेपाल र इस्लामिक रिलिफ नेपालको सो टोलीले क्वारेन्टाइनको अवस्था बारे जानकारी लिनुका साथै स्थानीय सरकारसंग अन्तरक्रिया र सामाग्री हस्तान्तरण गरेको छ ।
कतार च्यारेटी नेपालका प्रोजेक्ट म्यानेजर इर्शाद शेष, इन्जिनियर आमिर फैसल र इस्लामिक रिलिफ नेपालका उमा नेपालको टोलीले राप्तीसोनारी गाउँपालिका ७ सररीको विद्यालयमा रहेको क्वारेन्टाइनमा पुगेर त्यहाँको अवस्था बारे जानकारी लिएकाे हार्नु । साथै स्टार्ट नेटवर्क युकेको सहयोगमा प्रदान गरिएको स्वास्थ्य सामाग्रीको उपयोगका बारेमा पनि सोधपुछ गरेकाे छ।
नरैनापुर गाउँपालिकामा पुगेर गाउँपालिकाका अध्यक्ष ईशितयाक अहमद शाहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण समेत गरेकाे थियाे ।
सो अवसरमा बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले सामाग्रीको सुचि अध्यक्ष शाहलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा कतार च्यारेटी नेपालका प्रोजेक्ट म्यानेजर इर्शाद शेष, इन्जिनियर आमिर फैसल र इस्लामिक रिलिफ नेपालका उमा नेपालले स्टार्ट नेटवर्क युकेले प्रदान गरेको सहयोग बारे विस्तृत जानकारी गराउनु दिए ।
सो अवसरमा गाउँपालिकाका अध्यक्ष शाहले सबैको सहयोग र समन्वयले गर्दा नरैनापुरलाई कोरोना मुक्त बनाउन सफल भएको जनाउँदै आगामी दिनमा पनि सहयोग जारी राख्न आग्रह गरे । उनले सडक र विद्युत आएपछि अब विद्यालय र स्वास्थ्य सेवामा सुधारका लागि सहयोग गर्न अनुरोध समेत गरे ।
सो अवसरमा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधर, वित्त निर्देशक वेद पंगाली र कार्यक्रम अधिकृत गुलाम गौस लगायतको उपस्थिति रहेको थियो ।
स्टार्ट नेटवर्क युकेको आर्थिक सहयोगमा कतार च्यारेटी र इस्लामिक रिलिफ नेपालद्वारा बाँके युनेस्को क्लबलाई प्रदान गरिएका क्वारेन्टाइन व्यवस्थापनमा आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरुलाई हालै मात्र बाँके र बर्दियाका विभिन्न स्थानीय तहमा हस्तान्तरण गरिएको छ ।