बर्षाको फिल्म ‘ए साथी सुन’ को छायाँकन हेटौडाबाट सुरु

काठमाडौंँ – अभिनेत्री बर्षा सिवाकोटीको मुख्य भूमिका रहने फिल्म ‘ए साथी सुन’ को छायाँकन सुरु भएको छ । मंगलबार हेटौडाबाट फिल्मको छायाँकन सुरु भएको हो । अभिनेत्री बर्षाले क्ल्याप बोकेको एक तस्बिर सार्वजनिक गर्दै फिल्मको छायाँकन सुरु भएको जानकारी दिएकी छन् । बिना कार्कीको निर्माण रहने फिल्ममा बर्षाको अलवा नव अभिनेता रमेश बानियाँको मुख्य भूमिका रहनेछ ।

सस्पेन्स थ्रिल श्रीआइभिएन प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्म प्रेमकथा र समसामयिक बिषयमा निर्माण हुन लागेको हो । मदनकृष्ण महर्जनको छायाँकन र ईश्वर घिमिरे प्रोडक्सन रहेको फिल्मका निर्देशक राधव आचार्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *