काठमाडौ – होमस्टेका नाममा फैलिएको विकृति विसंगतिलाई नियन्त्रण गर्न देशभर रहेको होमस्टे सञ्चालकहरूले सरकारसँग माग गरेका छन् । सुर्खेतमा सम्पन्न तेस्रो राष्ट्रिय होमस्टे कार्यशाला गोष्ठीमा होमस्टेको नाममा विकृति ल्याउनेलाई दण्ड जरिवाना गर्न सरकारसँग माग गरेका हुन् । होसानका केन्द्रीय अध्यक्ष केशवप्रसाद बडालले भने ‘राम्रो काम गर्नेलाई पुरस्कारको व्यवस्थाको र विकृति ल्याउनेलाई कारबाही हुनुपर्दछ ।’
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा देशैभरका होमस्टेकर्मीहरुको सहभागितामा भएको तेस्रो राष्ट्रिय होमस्टे कार्यशाला गोष्ठीले ७ बुँदे सुर्खेत घोषणापत्र जारी गरेको छ । गोष्ठीमा पशुपति न्यौपानेबाट होमस्टेको अवसर तथा चुनौतीे, रामचन्द्र सेढाईबाट कर्णाली प्रदेशमा होमस्टे, दीपकराज जोशीबाट कोभिड १९ पछिको होमस्टेमा स्वच्छता, डा।आलोक प्रसाईबाट नेपालमा होमस्टेको नीतिगत व्यवस्था र राजेन्द्रप्रसाद त्रिपाठीबाट होमस्टेमा तालिम, विकास तथा बजारीकरण विषयमा प्रस्तुत गरिएका कार्यपत्रहरुमाथि छलफल भएको होसान केन्द्रीय अध्यक्ष बडालले जानकारी दिएका छन् ।
कार्यशाला गोष्ठीको अवसरमा ७ वटै प्रदेशका उत्कृष्ट होमस्टेहरु साँघु कोलडाँडा सामुदायिक होमस्ट (ताप्लेजुङ्ग), सुनाखरी सामुदायिक होमस्टे ९पर्सा०, नागार्जुन सामुदायिक होमस्टे ९काठमाडौं०, सुन्तलाबारी सामुदायिक होमस्टे ९स्याङ्जा०, जगदिशपुर सामूदायिक होमस्टे ९कपिलवस्तु०, आफर सामुदायिक होमस्टे ९सुर्खेत० र थारु सामुदायिक होमस्टे (कैलाली)लाई सम्मान गरिएको थियो ।
त्यसैगरी राष्ट्रिय पर्यटन गीतका रचनाकार प्रह्लाद न्यौपाने, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल र विश्व पर्यटन संघबाट अवार्ड प्राप्त गरेकोमा कम्यूनिटी होमस्टे नेटवर्कका शिव ढकाललाई सम्मान गरिएको थियो ।
३ दिनसम्म सञ्चालन गरिएको कार्यशाला देशभरबाट छानिएर आएका २ सय १५ जना अगुवा होमस्टेकर्मीहरुको सहभागिता रहेको थियो ।
सुर्खेत घोषणापत्र
१। देशभरका सातै प्रदेशमा शिघ्र रुपमा वैज्ञानिक होमस्टे संचालन कार्यविधि जारी गर्न नेपाल सरकार समक्ष माग गर्ने ।
२। होमस्टेको ब्राण्डिङ्ग, वर्गिकरण, गुणस्तर, पहिचान र पर्यटक आचारसंहिता लागि आवश्यक मापदण्ड तय गर्ने ।
३। होमस्टेका नाममा फैलिएको विकृति विसंगतीलाई नियन्त्रण गर्न दण्ड जरिवाना तथा पुरस्कारको व्यवस्थाको लागि निरन्तर अनुगमन गर्न र सम्पूर्ण सरोकारवाला निकायहरुसँग समन्वयका लागि आवश्यक संयन्त्र निर्माण गर्न सरकारसँग माग गर्ने ।
४। कोभिड १९ पछिको ग्रामीण पर्यटनको अग्रणी मोर्चामा रहेको होमस्टेले विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्दै पर्यटकका लागि सेवा खुल्ला गर्ने ।
५।डिजिटल मार्केटिङ माध्यमबाट नेपालको होमस्टे पर्यटनको बजारीकरणको लागि आवश्यक कार्यहरु अगाडि बढाउने ।
६।देशभर सञ्चालन हुने होमस्टे क्षमता अभिवृद्धि तालिमलाई एकरूपताका साथ सञ्चालन गर्न पहल गर्ने ।
७। तेश्रो राष्ट्रिय होमस्टे कार्यशाला गोष्ठी भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण संस्था तथा निकायहरूलाई धन्यवाद ज्ञापन गर्ने ।